तीज विशेष गीत “श्रीमानज्यू” लोकार्पण:

369

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित कार्यक्रममा गायिका कविता अर्यालको तीज विशेष गीत “श्रीमानज्यू”लोकार्पण भएको छ। सिलौटो कटेज अनामनगर काठमाण्डौंमा भएको उक्त गीतको लोकारपण वरिष्ठ लोकगायक तथा संगीतकार नारायण रायमाझीले गर्नु भएको हो।

कार्यक्रममा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, लोकगायक बद्री पंगेनी, भिडियो निर्देशक शंकर वि.सी., राष्ट्रीय लोक संचारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरी लगायतको उपस्थिती थियो। कार्यक्रमको अध्यक्षता राष्ट्रीय लोक संचारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले गरेका थिए।

कार्यक्रममा बक्ताहरुले हाल मौलाउँदै गएको छाडा प्रवृत्तिका गीतहरुको सन्दर्भमा सर्जक र गायकहरु आफैं सचेत हुनुपर्ने बताए। क्षणिक चर्चा र भ्युजको लोभमा समाजमा अपाच्य हुने गीतहरु श्रीजना गर्दा कालन्तरमा आफ्नो गीत हेरेर आफैं लज्जित हुने गरि श्रीजना गर्न नहुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here