स्वागत नेपाल पार्टीबाट निश्काषित:

1515

स्वागत नेपाल नेतृत्वमा २०७८ सालमा उन्नत लोकतन्त्र पार्टी गठन भएको थियो। निर्वाचन आयोगमा १७२ नं. दर्ता भएको उक्त पार्टीले २०७९ सालको स्थानीय तह निर्वाचनमा सशक्त सहभागीता जनाएको थियो ।

२०७९ मंसिरको संसदीय निर्वाचनसम्म आईपुग्दा धनगढी, धरान र काठमाण्डौंमा स्वतन्त्र उम्मेदवारहरु विजयी बनेको देखेपछी पार्टीका अध्यक्ष भद्रप्रसाद नेपाल (स्वागत नेपाल) पार्टीलाई निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता नगरी झापा २ मा स्वतन्त्र उम्मेदवारी दिन पुगे।

पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राजतन्त्र पुनर्स्थापनाको अभियानमा लागेका उनी हाल उक्त अभियानको प्रवक्ता समेत छन।
पार्टीको आदर्श, लक्ष र विधान विपरित पार्टी विरोधी गतिविधी र विचारगत विचलन भएको आरोप लगाउँदै पार्टीको मिति २०८२/०३/२२ गते बसेको केन्द्रीय कमिटीको बैठकले निज भद्र प्रसाद नेपाललाई अध्यक्ष लगायत साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ।

पार्टीलाई लामो समयसम्म बन्धक बनाई पार्टीको गतिविधी नगरेको, गर्न नदिएको तथा पार्टीको आर्थिक गतिविधी पारदर्शी नबनाएको, पार्टीको नाममा किनिएको सवारी साधन समेत वेपत्ता बनाएको अन्य सदस्यहरुको आरोप छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here