सरकारी र नेताका गाडी जल्दा आधा घटे उपत्यकाका ट्राफिक जाम।

171

सरकारले गरेको सामाजिक सन्जाल बन्दको निर्णयको विरोध गर्न भाद्र २३ गते काठमाण्डौंको माईतिघरमा भेला जम्मा भएका जेन्जी उमेर समुहको आन्दोलन केवल शान्तिपूर्ण प्रदर्शनमा सिमित रहेन। प्रदर्शन भड्किएर संसद भवन भित्र प्रवेश गर्न खोज्दा प्रहरीले चलाएको गोली लागि १९ जनाको तत्काल मृत्यु र सयौं घाईते भएपछी सोको प्रतिकृया स्वरुप २४ गते देशभर प्रदर्शन, तोडफोड र आगजनी भयो।
सो समुहले गरेको आन्दोलनबाट नेकपा एमाले नेतृत्वको काँग्रेस एमाले गठबन्धनको सरकार मात्र ढलेन दर्जनौ नेपालीहरुले ज्यान गुमाउन पुगे। प्रहरी कार्यालय, सिडियो कार्यालय, अदालत र नेताहरुको घर मात्रप्रदर्शनकारीको निशानामा परे। देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपती कार्यालय, प्रधानमन्त्री निवास लगायतका संरचनाहरु जलेर खरानीमा परिणत भए! संचार गृह र संचारकर्मी समेत यसको निशानामा पर्‍यो।
ती संरचनाका साथसाथै नेपाल सरकारको स्वामित्वमा रहेका, सरकारी कार्यालय परिसरमा रहेका, नेताका स्वामित्वमा रहेका र नेताका घर परिसरमा भएका सबै सवारी साधनहरु जलेर खरानी भए।
अहिले सडकमा सरकारी नंबर प्लेटधारी सवारीसाधन देख्न मुस्किल छ। प्राय जाम भैरहने चोकहरुमा जाम हुन छाडेको छ। प्राय सुनसान देखिन्छन।
संधै ४/५ जना ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गर्दा पनि हम्मेहम्मे पर्ने चोकहरुमा समेत एकजनाले सिट्ठी फुकेकै भरमा व्यवस्थापन भैरहेको देख्न सकिन्छ।
यसलाई सकारात्मक रुपमा लिएर अबका दिनमा सरकारी स्तरबाट खरीद गरिने सवारी साधनलाई विलासिताको रुपमा नभै अत्यावश्यकीय परिस्थितिको रुपमा मात्र खरिद गर्ने परम्पराको थालनी गरेमा सवारी साधनमा हुने खर्च, ईन्धान खपतमा कमीका साथै ट्राफिक जाम समेतमा कमी हुने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here