
काठमाडौं – संसार भरीको गोलेहरु एक हौ भन्ने मुल नाराका साथ गोले तामाङ बंश उत्थान समाजको १०औ राष्ट्रिय भेला तथा चौथो अधिबेशन १३औ साधारण सभा मिति २०८३ जेठ ४ गते काठमाडौ गोङ्गबु नयाँबसपार्क नजिक रहेको सौगात पार्टी प्यालेसमा भब्य कार्यक्रम गर्ने तयारीमा जुटेको गोले समाज सचिवालयले बताएको छ ।
कार्यक्रमलाई रोमाञ्चक बनाउन राष्ट्रिय स्तरको कलाकारहरुले प्रस्तुति दिने बताएको छ । कार्यक्रममा देशभरको विभिन्न जिल्ला गाउँ, ठाँउ लगायत विभिन्न देशबाट पनि प्रतिनिधि लगायत गोले थरको स्वाङेभाइ तथा गोलेको कुटुम्बाखलक समेत कार्यक्रममा सहभागी हुने बताएको छ ।
गोलेहरुको किपट भुमीको रुपमा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल गुन्सा र नुवाकोट जिल्लाको लच्याङ लाई चिन्दै आएको छ । गोले बंश उत्थान समाज २०७० साल जेठ ४ गते स्थापन भएर २०७० साल असोज १७ गते काठमाडौ जिल्ला प्रशासन कार्यलयमा जय गोले तामाङको नेतृत्वमा विधिवत रूपमा दर्ता भएर संचालनमा आएको बर्तमन अध्यक्ष मीन गोले तामाङले बताएको छ ।
कार्यक्रममा गोले समुदायको पहिचान,कला,रिति, रिवाज कुलपुजा , आदिलाई एकरुपता ल्याउनको लगी गोले बंश समाजले प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको गोले बंश समाजका बरिस्ठ सल्लाहकार ,पुर्व मन्त्री दावा गोले तामाङले बताएको छ ।
गोले बंश समाजको १०औ राष्ट्रिय सम्मेलन, चौथो अधिबेशन तथा १३औ साधारण सभा सफल पार्न व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष स्वयम् मीन प्रसाद गोलेको नेतृत्वमा ७ सदस्य कमिटी गठन भएको छ ।
गोले बंशको चौथो अधिबेशनबाट देशभरको विभिन्न जिल्ला बाट केन्द्रिय कमिटीमा जोडिएर गोले समाजको हितमा काम गर्न चाहनेहरुलाई केन्द्रिय कमिटीमा जोड्ने अवसर दिने अध्यक्ष मीन प्रसाद गोलेले बताएको छ । भेलामा उपस्थित महानुभावहरु बाट सुझाव सल्लाह संकलन गरेर संसारभरीको गोले बंशलाई एकरुपता ल्याउने बताएको छ ।
