
काठमाडौ : नेपाली लोकदोहोरी तथा तामाङ सेलो जगतकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको असामयिक निधन भएको छ । बिक्रम सम्बत २०२३ कार्तिक ३ गते जन्मिएका बरिस्ठ गायिका इन्दिरा गोलेले हजारौं नेपाली लोकदोहोरी तथा तामाङ सेलोमा आवाज दिएका छिन ।
चागुनारायण नारायण थान ,अल्लारे सन्नानी ,जाइ फुलको बासना नबोलेनी हासि राखन,बेसि झरा है,नारायण थानमा गेट लगायत हजारौं लोकदोहोरी तथा तामाङ सेलोहरु अहिले पनि नेपाली बजारमा गुन्जिरहेका छन ।
चार दशक भन्दा बढी नेपाली गित संगीत क्षत्रमा योगदान दिएकि इन्दिरा गोलेको दर्जनौं सदाबहार गानाहरु नेपाली बजारमा छाडेर बुधबार बिहान २ बजे ललितपुरको हात्तिवन स्थित अपार्ट्मेन्ट्मा गोलेको निधन भएको हो ।
लामो समय देखी प्राणघातक क्यान्सर रोग बाट ग्रसित हुनुहुन्थ्यो, उहाँको उपचारका लागी विभिन्न संघ संस्थाहरु लागी परेको थियो । गायिका इन्दिरा गोलेको दुई छोरी छिन, उनि कान्छी छोरीसंग बस्दै आएकी थिएन उहाँको श्रीमानको निधन भैसकेको छ ।
नेपाल तामाङ कलाकार संघको संस्थापक वरिष्ठ उपाध्यक्ष तथा पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार <span;>राष्ट्रिय संगित कर्मि संघ नेपाल कि सस्थापक वरिष्ठ उपा अध्यक्ष समेत रहेका इन्दिरा गोले गुरुङ ललितपुरको भर्देउमा बि.स.२०२३ कार्तिक ३ गते जन्म भएको थियो उहाँको बौद्ध संस्कार अनुसार पार्थिव शरिरलाई अन्त्येष्टि गर्ने तयारी छ ।
वरिष्ठ गायिका : इन्दिरा गोले गुरुङ
जन्म बि.स. २०२३ कार्तिक ३ गते
स्वर्गारोहण बि. स. २०८२ भाद्रा १८ गते बुधबार
हार्दिक श्रद्धाञ्जली : वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ
