
भक्तपुर – भक्तपुरको पाचतले मन्दिर भैरवनाथ बाट सुरुभएको बिस्का जात्रा आठ दिन नौ रात सम्म चल्ने छ । विशेष गरि नेवारी समुदायले मनाउदै आएको बिस्का जात्रा लाई पछिल्लो समय बिस्केट जात्रा पनि भन्दै आएका छन ।
सुरुमा तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तयार परेर पाचतले मन्दिर बाट रथ तानेर बिस्का जात्रा प्रारम्भ हुन्छ । तेसपछी रथ यात्रा गर्दै गहिटी टोल सम्म पुराउने चलन रहेको छ ।
यसै गरि थिमीमा भने तीन सम्म बिस्का जात्रा चल्ने छ जस अनुसार पहिलो दिन विभिन्न बाजा गाजा सहित रथ बोकेर बालकुमारी मन्दिर परिक्रमा गरेर दक्षिण बारही पुराउने चलन छ । दोश्रो दिन रथ बोकेर विभिन्न बाजा गाजा सहित सिद्दिकाली मन्दिर परिक्रमा गरिन्छ ।
तेस्रो दिन टोल टोल बाट रथ निकाल्दै विभिन्न बाजा गाजा सहित दुई पोखरी,बालकुमारी मन्दिर परिक्रमा गरेर बोडेमा जेब्रो छेड्ने कार्यक्रम हुन्छ ।
