
भक्तपुर – थिमीमा तीन दिन सम्म मनाइने बिस्का जात्रा आज बोडेमा जिब्रो छेड्ने कार्यक्रम संगै सम्पन्न भएको छ । थिमीमा पहिलो दिन विभिन्न बाजा गाजा सहित रथ बोकेर बालकुमारी मन्दिर परिक्रमा गरेर दक्षिण बारही पुराउने चलन छ । दोश्रो दिन रथ बोकेर विभिन्न बाजा गाजा सहित सिद्दिकाली मन्दिर परिक्रमा गरिन्छ ।
तेस्रो दिन बिहान टोल टोल बाट रथ निकाल्दै विभिन्न बाजा गाजा सहित दुई पोखरी,बालकुमारी मन्दिर परिक्रमा गरेर दिउँसो बोडेमा जेब्रो छेड्ने कार्यक्रम सम्पन्न भएको छ ।