गोले बोन्वोको पहिलो शालिक यस्तो बन्यो

301
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":2},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सिन्धुपाल्चोक : गोले तामाङ वंशको बिशिष्ट पहिचान, प्राचीन गोले बोन्वोको ऐतिहासिक तथा पहिलो पुर्ण कदको शालिक इन्द्रावती गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष श्री डिलबहादुर श्रेष्ठको  सहजीकरण र गोले तामाङ वंश उत्थान समाजका अध्यक्ष श्री मिन प्रसाद गोलेको विशिष्ठ आथित्यतामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल बाट समुद्घाटन सम्पन्न भएको छ ।

इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकको आर्थिक सहयोग तथा गोले तामाङ वंश उत्थान समाजको सहकार्यमा, ज्यामिरेमाने, सिम्बारी, खर्क टोल विकास संस्था इन्द्रावती ८ ले निर्माण सम्पन्न गरेको हो ।

नेपालका आदिवासी जनजाती तामाङ समुदायको एक विशिस्ट “थर” गोले बंशको प्राचीन बोन्वोको पहिलो पुर्णकदको शालिक जनैपुर्णिामा “गोने ङ्ह्या” तामाङ ज्ञान दिवस २०८२ को अवसरमा इन्द्रावती गाउँपालिका वडा नं ८ ज्यामिरेमानेमा एक भव्य कार्यक्रमका विच अनावरण तथा उद्घाटन भएको हो ।

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{},”is_sticker”:false,”edited_since_last_sticker_save”:false,”containsFTESticker”:false}

इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकको आ.ब. २०८१÷२०८२ को स्वीकृत वजेट रु १० लाख र वडा कार्यलयको सहजीकरणमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु १ लाख ४१ हजार आठ सय दश रुपैया वजेटबाट निर्माण सम्पन्न भएको उक्त सालिकको उद्घाटन इन्द्रावती गाउँपालिकाको अध्यक्ष झम्कनाथ नेपालको प्रमूख आतिथ्यता, गोले तामाङ वंश उत्थान समाजका केन्द्रिय अध्यक्ष मीन प्रसाद गोलेको विशिष्ट आतिथ्यता र ईन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

  1. नवलपुर घ्याङ गुठीका प्रमूख लोपेन बुझुङ लामाद्धारा बौद्ध परम्परा अनुसार सलाङ (भूमीपुजा), साङ सेरकेम (स्वस्ति शान्ति पुजा), सहित विधी पुर्वक ह्राप्ने (प्राण प्रतिष्ठा) र सालिक अनावरण गरि सर्वसाधारणलाई दर्शनको लागि खुला गरिएको सालिकमा प्रमूख अतिथी नेपालले सिलालेख अनावरण, विशिष्ट अतिथी गोलेले दीप प्रज्वलन र विशेष अतिथी तामाङले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन सहित ४ वटा विधीबाट उद्घाटन गरिएको हो ।
  2. संसारमै गोले बोन्वोको पहिलो सालिक निर्माण भएकोमा उक्त सालिकमा हाललाई गजुर सहितको छाना राख्न र सालिक वरपर स्टील रेलिङ निर्माणमा गोले तामाङ वंश उत्थान    समाजको सहकार्य स्वरुप प्राविधिक इष्टिमेट अनुसार रु १ लाख ४४ हजार रुपैयाको चेक केन्द्रिय अध्यक्ष एबं कार्यक्रमका विशिष्ट अतिथी मीन प्रसाद गोलेले आयोजकलाई हस्तान्तरण गर्नुभयो । गोले बंशका कुल बोन्वो र लाप्तावा हरुले शुक्रबार साँझ देखी रातभरी स्हील, साङ सेरगेम, पुजापाठ गरी शनिवार विहान झाँकी सहित बोन धर्मको विधीद्धारा सालिक र संगै रहेको छ्योर्तेनको दर्शन र पुजा प्रार्थना गरी कार्यक्रमलाइ अझ धार्मिक र रोमान्चक बनाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here