
नवगठित श्रम संस्कृति पार्टीको देशभर संगठन निर्माण भइरहेको सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा पनि यसको जिल्ला कमिटी गठन भएको छ। त्रिपुरा सुन्दरी गाउँपालिका निवासी आकाश गुरुङको अध्यक्षतामा यो पार्टीको जिल्ला कमिटी गठन भएको हो। उपाध्यक्ष अमिता गोले, सचिव फुर्वा तामाङ, कोषाध्यक्ष लाक्पा ग्याल्जेन लगायत २१ जनाको जिल्ला कमिटी गठन भएको हो। केन्द्रीय सदस्य बीपी पौडेलको समुपस्थितिमा कमिटी गठन भएको हो। कमिटी गठनसंगै बाह्रविसे नगरपालिका ८ का राजन भण्डारीलाई सिन्धुपाल्चोक काठमाण्डौं सम्पर्क मन्चको संयोजक समेत उक्त भेलाले तोकेको छ। कमिटी गठन पछि अब सिन्धुपाल्चोक जिल्लामा श्रम सँस्कृती पार्टीले नयाँ उचाई लिने जिल्ला नेताहरुले बताए।
