सिन्धुपाल्चोकको तृपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टी कमिटी गठन

253
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"resize":1,"square_fit":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सिन्धुपाल्चोक जिल्लाको तृपुरासुन्दरी गाउँपालिकामा श्रम संस्कृती पार्टीको गाउँपालिका कमिटी गठन गरिएको छ। पार्टीका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष आकाश गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले धनबहादुर नेपालको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रूपमा गठन गरेको हो।
पुस ५ गते सम्पन्न उक्त भेलामा पार्टी संगठन विस्तार, श्रममैत्री राजनीति र जनमुखी अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने विषयमा व्यापक छलफल गरिएको थियो। भेलापछि उपस्थित पार्टी नेता–कार्यकर्ता तथा सहभागीहरूले स्थानीय बजार क्षेत्रमा श्रम अभियान समेत सञ्चालन गरेका छन्।
भेलामा सहभागीहरू धरानका मेयर हर्क साम्पाङको नाम र सन्देश अंकित टिसर्ट लगाएर स्थानीय बजारमा सरसफाई अभियानमा सहभागी भएका थिए। श्रम संस्कृतिको अभ्यास आफैंबाट सुरु गर्ने उद्देश्यले गरिएको उक्त सरसफाई अभियानले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
नवगठित कमिटीले तृपुरासुन्दरी गाउँपालिका भित्र श्रम अभियानलाई संस्थागत गर्दै सामाजिक न्याय, पारदर्शी नेतृत्व र आत्मनिर्भर स्थानीय विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको छ। जिल्ला अध्यक्ष आकाश गुरुङले नवनिर्वाचित कमिटीलाई बधाई दिँदै श्रम संस्कृती पार्टी सिन्धुपाल्चोकमा क्रमशः जनआधार विस्तार गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको बताए।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँपालिका कमिटी गठन र श्रम अभियानसँगै सिन्धुपाल्चोक जिल्लामा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here