गोले बंशको चौथो अधिबेशन बाट पुनः मीन प्रसाद गोलेको नेतृत्वमा ७५ सदस्य केन्द्रिय समिति चयन

283
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

काठमाडौ : गोले तामाङ बंश उत्थान समाजको १०औ राष्ट्रिय भेला तथा चौथो अधिबेशन काठमाडौको सौगात पार्टी प्यालेसमा सम्पन्न भएको छ । पुर्व ए आई जि डा कृष्ण कुमार गोलेको प्रमुख अतिथिमा सम्पन्न भएको भेलामा देश तथा बिदेश बाट गोले बंशको प्रतिनिधित्व गर्दै प्रतिनिधिहरु बाक्लो संख्यामा सहभागी थियो ।


कार्यक्रममा तामाङ थरिको अन्य बंश बोम्जन, थिङ,दोङ,पाखृन,योन्जन,घिसिङ,वाइबा,लगायत अन्य बंशको पनि प्रतिनिधिहरु सहभागी थियो । कार्यक्रमलाई रोमाञ्चक बनाउन राष्ट्रिय स्तरको कलाकारहरु फुल कुमार बोम्जन छेवङ लामा प्रीतम गोले प्रयास गोले लगायत अन्य कलाकारहरुले प्रस्तुति राखेको थियो ।

गोलेहरुको किपट भुमीको रुपमा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल गुन्सा र नुवाकोट जिल्लाको लच्याङ लाई चिन्दै आएको छ । गोले बंश उत्थान समाज २०७० साल जेठ ४ गते स्थापन भएर २०७० साल असोज १७ गते  काठमाडौ जिल्ला प्रशासन कार्यलयमा जय गोले तामाङको नेतृत्वमा विधिवत रूपमा दर्ता भएर संचालनमा आएको  बर्तमन अध्यक्ष मीन गोले तामाङले बताए ।

कार्यक्रममा गोले समुदायको पहिचान,कला,रिति, रिवाज कुलपुजा , आदिलाई एकरुपता ल्याउनको लगी  गोले बंश समाजले प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको गोले बंश समाजका बरिस्ठ सल्लाहकार ,पुर्व मन्त्री दावा गोले तामाङले  बताएको छ ।

कार्यक्रमको पहिलो चरणमा औपचारिक र दोस्रो चरणमा बन्द सत्र चलेको थियो । चौथो अधिबेशनको बन्द सत्र बाट पुनः मीन प्रसाद गोलेको अध्यक्षतामा १५ पदाधिकारीहरु गरि जम्मा ७५ सदस्य केन्द्रिय समिति सर्बसमत चयन भएको छ ।

चौथो अधिबेशनबाट अध्यक्ष मीन प्रसाद गोले,सह-अध्यक्ष हर्क गोले,बरिस्ठ उपाध्यक्ष धन बहादुर गोले, उपाध्यक्षहरु सुजिन्द्र गोले, शुभ रत्न गोले, पेम्बा गोले, कृतिमाया गोले,
महासचिव शुभराज गोले, उपा-महासचिवहरु कृष्ण बहादुर गोले, बाबुराम गोले, सचीवहरु आकाश गोले, राजकुमार, गोले प्रीतम, गोले कोषाध्यक्ष तिलक गोले, सह-कोषाध्यक्ष मोतिमाया गोले,


केन्द्रीय सदस्यहरु बिमल गोले, श्रीमाया गोले, कुमार गोले, रत्न गोले, राज कुमार गोले, सुजिन्द्र गोले, सानो कान्छ गोले, रमेश गोले, लाल बहादुर गोले, काली प्रसाद गोले, डोल्मा माया गोले, चन्द्र गोले, नारायण गोले, डा भक्तराज गोले राजकुमार गोले सजना गोले अरुन गोले सिर्जना गोले, बिजय गोले,सन्देश गोले, मीन बहादुर गोले, आनन्द गोले, धनलाल गोले, मीन बहादुर गोले, प्रेम बहादुर गोले, नारायण गोले, नबराज गोले, बोध बहादुर गोले, बिगलाल गोले, खड्ग गोले, अक्कल बहादुर गोले, सुरेन्द्र गोले, माया गोले, देबेन्द्र गोले, जय बहादुर गोले, दलमान गोले, सोम गोले, गोबिन्दमान गोले, निरु गोले, देबराज गोले, सुजाता गोले, डिग बगादुर गोले, शुक्र बहादुर गोले, दिप गोले, पन्चमान गोले, बेलबहादुर गोले, रामकृष्ण गोले

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here