
काठमाडौ – हप्तामा दुई दिन सार्बजनिक बिदा दिने सरकारको निर्णय लागु भएसंगै सर्बसाधारण जनताहरुले अस्पताल ,बैक अन्य सरकारी कार्यलयमा सेवाग्राहीको भिडभाड थेग्न नसक्दा आक्रोशित सेवाग्राहीहरु कर्मचारी माथीनै जाइलाग्ने अवस्थ सिर्जना भएको छ । नेपालमा विभिन्न चार्ड्पर्वका कारण उसैत बर्षमा ३६५ दिन मध्ये लगभग ९० दिन सार्बजनिक बिदा हुन्छ ।
पछिल्लो समय बर्तमन बालेन सरकारले सनिवार र आइतबार दुईदिन सर्बजनिक बिदा कार्यनयनमा ल्याए संगै सर्बसाधारण जनताले दु:ख कष्ट खेप्नुपरेको छ । जेठ १४ गते बिहिवार ईद पर्व, जेठ १५ गते शुक्रवार गणतन्त्र दिवस, जेठ १६ सनिवार, र जेठ १७ गते आइतबार हप्तामै ४ दिन बिदा भएपछि १८ गते सोमबार सरकारी कार्यलय तथा अस्पतालको अवस्था कस्तो होला सबैले सजिलै संग अनुमान लगाउन सकिन्छ ।
तपाईंको विचारमा सरकारले सनिवार र आइतबार दुई दिन सार्बजनिक बिदा दिदै आएको सिस्टम ठिक लागेमा १ र बेठीक लागेमा २ थिचेर कमेन्ट गर्न सक्नुहुनेछ ।
