निजि विद्यालयहरुले थाले आन्दोलन।

392

संसदबाट विद्यालय शिक्षा विधेयक पारित गर्न लागेको र सो विधेयकमा निजि विद्यालयहरुलाई बिस्तारै बिस्तारै गैर नाफामूलक बनाउँदै लैजाने र १५ प्रतिशत पूर्ण छात्रवृत्ती दिनुपर्ने व्यवस्था राख्न लागेको भन्दै निजि विद्यालय महासंघ आन्दोलित भएको हो ।

एन प्याब्सन, प्याब्सन, ओपेक, हिसान लगायतका संस्थाहरु महासंघमा छन ।
देशभरमा १३ हजार निजि विद्यालयहरु रहेको, ८ खर्ब बराबर लगानी रहेको, ४ लाखले रोजगारी पाईरहेको, निजि विद्यालयमा ५५ प्रतिशत महिला कार्यरत रहेको बक्ताहरुले बताए ।
देशमा उतिर्ण प्रतिशत ३४ प्रतिशत रहेकोमा ३० प्रतिशत हिस्सा निजि विद्यालयको रहेको दावी गरे।
कम्पनी ऐन अनुसार दर्ता रहेको संस्थालाई गैर नाफामूलक बनाउने कुरा वस्तुपरक र तत्थ्यपरक नभै भावनाको कुरा मात्र भएको दावी गरे। विधेयकको प्रावधान विभेदकारी भएको आरोप लगाए ।

समय र कथाले निजि विद्यालयलाई सडकमा ल्याएको भन्दै राष्ट्रीय योजना आयोग र नेतृत्व बाँदरे प्रवृत्तीको रहेकोले प्राईभेट पव्लिक पर्टनरसिपको अवधारणालाई निरन्तरता र सुनिश्चित गर्न पनि आन्दोलन गर्नु परेको बक्ताहरुले बताए।
कार्यक्रममा एन प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, ओपेकका अध्यक्ष बद्री दाहाल, प्याब्सनका सह- अध्यक्ष गोपाल आचार्य लगायतले मन्तव्य राखेका थिए ।

विरोध कार्यक्रमको निरन्तरता स्वरुप भोलि ६ गते ११ बजे विद्यालयको पहेंलो गाडीमा कालो भण्डा राखेर रिङरोड परिक्रमा गर्ने र सो पश्चात् पुन माईतिघर मण्डलामा भेला भएर कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here