खान्दोके सेलो लाइभ विथ ब्यान्ड-२’ को भव्य तयारी

144
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"remove":2},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

Nepali Media TV
बैशाख १ मंगलवार २०८३

काठमाडौ – नेपाली माटोको सुगन्ध बोकेको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यका साथ तामाङ समुदायको गौरवमय साङ्गीतिक विधा ‘खान्दोके सेलो’को विशेष कार्यक्रम आयोजना हुने भएको छ।

नयाँ वर्षको अवसर पारेर सञ्चालन हुन लागेको यस् कार्यक्रममा तामाङ सेलोका विभिन्न शैलीहरूमध्ये ‘खान्दोके सेलो’ सबैभन्दा मौलिक र ऐतिहासिक मानिन्छ। विशेष गरी पहाडी भेगका भिर-पाखा, पँधेरा र गोठालो जाँदा गाइने यो लयले तामाङ पुर्खाहरूको भोगाइ, प्रेम, र प्रकृतिप्रतिको सम्मानलाई व्यक्त गर्दछ।

इतिहासकारहरूका अनुसार ‘खान्दोके’ शब्दले एक विशेष भेगीय मौलिकता बोकेको छ, जसमा डम्फु र टुङ्नाको धुनसँगै जीवनका भोगाइहरूलाई गीतको माध्यमबाट कथाका रूपमा प्रस्तुत गरिन्छ। आधुनिकताको बढ्दो प्रभावसँगै हराउँदै गएको यो मौलिक लयलाई नयाँ पुस्तासम्म पुर्‍याउन र यसको ऐतिहासिक विरासत जोगाउन यो कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा तामाङ साङ्गीतिक क्षेत्रका नक्षत्रहरू रहनेछन्। खान्दोके सेलोलाई आफ्नो गला र कलामार्फत पुनर्जीवित गरिरहेका कलाकारहरू आस्मान लोप्चन जसको स्वरमा माटोको सुगन्ध र मौलिकता झल्किन्छ।

हास्य कलाकारहरु प्रभात लामा र कर्म लामाले पनि आफ्नो प्रस्तुति राख्ने बताएको छ । खान्दोके सेलो गायक लोप्चनले पुराना तथा नयाँ सिर्जनाहरू प्रस्तुत गर्ने बताएका छन ।

बौद्ध स्थित उत्पला क्याफेको खुला मैदानमा आयोजना हुने कार्यक्रम २०८३ बैशाख १ गते दिउसो ठिक १२ बजे बाट सुरु हुने आयोजकले बताए । खुला आकाशमुनि तामाङ संस्कार र संस्कृतिको झलक दिने गरी कार्यक्रमको तयारी तीव्र पारिएको गायक आस्मान लोप्चनले बताएको छ ।

कार्यक्रम संयोजक – क्रान्ति योन्जन र कार्यक्रम व्यवस्थापक प्रितम गोले तामाङले गर्ने बताएको छ भने यस् कार्यक्रम तिप्लिङ मिडिया हाउसको आयोजनामा हुने बताएको छ ।

कार्यक्रम संयोजक क्रान्ती योन्जनका अनुसार, यो केवल एउटा कन्सर्ट मात्र नभई तामाङ जातिको ‘मौलिक सांस्कृतिक पहिचानको संरक्षण’ गर्ने एउटा अभियानको रुपमा यस् कार्यक्रम हुनलागेको बताएको छ ।

त्यसै गरी व्यवस्थापक प्रीतम गोले तामाङ्ले कार्यक्रममा सुरक्षा र व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भएको र दर्शकहरूले एउटा पारिवारिक वातावरणमा मौलिक सङ्गीतको आनन्द लिन सक्ने जानकारी दिनुभयो। नयाँ वर्ष २०८३ को पहिलो दिन, तामाङ समुदाय मात्र नभई सम्पूर्ण सङ्गीत प्रेमीहरूका लागि ‘खान्दोके सेलो लाइभ विथ ब्यान्ड भाग-२’ एक अविस्मरणीय उत्सव बन्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here