गोले बंशको १०औ राष्ट्रिय भेला तथा चौथो अधिबेशन पुर्व ए.आई .जि. डा.कृष्ण कुमार गोलेको प्रमुख अतिथिमा शुरु भएको छ

143
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

काठमाडौ : पुर्व ए आई जि डा कृष्ण कुमार गोलेको प्रमुख अतिथिमा गोले तामाङ बंश उत्थान समाजको १०औ राष्ट्रिय भेला  तथा चौथो अधिबेशन १३औ साधारण सभा काठमाडौ गोंगबु नयाँबसपार्क नजिक रहेको सौगात पार्टी प्यालेसमा भब्य कार्यक्रम शुरु भएको छ ।

कार्यक्रममा देश तथा बिदेशबाट गोले समुदायलाई प्रतिनिधित्व गर्दै भारतको सिक्किम , दार्जिलिङ ,मिरिक,जयगाउँ  लगायत अन्य ठाउँबाट पनि प्रतिनिधिहरु सहभागी भएका छन ।

कार्यक्रमलाई रोमाञ्चक बनाउन राष्ट्रिय स्तरको कलाकारहरुले प्रस्तुति दिने बताएको छ । कार्यक्रममा देशभरको विभिन्न जिल्ला गाउँ गाउँ ठाँउ लगायत विभिन्न देशबाट पनि प्रतिनिधि लगायत गोले थरको स्वाङेभाइ तथा गोलेको कुटुम्बाखलक समेत कार्यक्रममा सहभागी भएका छन ।

गोलेहरुको किपट भुमीको रुपमा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल गुन्सा र नुवाकोट जिल्लाको लच्याङ लाई चिन्दै आएको छ । गोले बंश उत्थान समाज २०७० साल जेठ ४ गते स्थापन भएर २०७० साल असोज १७ गते  काठमाडौ जिल्ला प्रशासन कार्यलयमा जय गोले तामाङको नेतृत्वमा विधिवत रूपमा दर्ता भएर संचालनमा आएको  बर्तमन अध्यक्ष मीन गोले तामाङले बताएको छ ।

कार्यक्रममा गोले समुदायको पहिचान,कला,रिति, रिवाज कुलपुजा , आदिलाई एकरुपता ल्याउनको लगी  गोले बंश समाजले प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको गोले बंश समाजका बरिस्ठ सल्लाहकार ,पुर्व मन्त्री दावा गोले तामाङले  बताएको छ ।

गोले बंशको चौथो अधिबेशनबाट नया नेतृत्व चयन पनि हुँदै छ । देशभरको विभिन्न जिल्ला बाट केन्द्रिय कमिटीमा जोडिएर गोले समाजको हितमा काम गर्न चाहनेहरुलाई केन्द्रिय कमिटीमा जोड्ने अवसर दिने अध्यक्ष मीन प्रसाद गोलेले बताएको छ । भेलामा उपस्थित महानुभावहरु बाट सुझाव सल्लाह संकलन गरेर संसारभरीको गोले बंशलाई एकरुपता ल्याउने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here