धुस्कोटमा हुने गोले तामाङ वंश सम्मेलनको तयारी पूरा- व्यवस्थापन संयोजक प्रीतम गोले

300
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":2},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सिन्धुपाल्चोक – जेठ ३ र ४ गते गोले तामाङ वंश उत्थान समाजको ९औं राष्ट्रिय सम्मेलन तथा १२औं वार्षिक साधारणसभा सिन्धुपाल्चोक जिल्ला  बलेफी गाउँपालिका वडा नं. ३, धुस्कोटमा हुँदै छ ।

३ गते शनिबार गोले वंश साँझ हुनेछन् भने ४ गते औपचारिक कार्यक्रमको सम्पुर्ण तयारी भएको  व्यवस्थापन समितिका संयोजक प्रीतम गोले तामाङले बताएको छ ।

गोलेका अनुसार सम्मेलनका स्वागतका लागी विभिन्न ठाउँ बलेफी बजार ,कोठे बजार ,डाडागाउँ धुस्कोट लगायत विभिन्न ठाउँमा स्वागत द्वार , व्यानर, लुङ्दार धर्ज्यु ले सजायको बताएको छ ।

कार्यक्रममा देश तथा बिदेश बाट हजारौं गोलेहरु भेला हुने बताएको छ । आगन्तुकहरु लाई ३ गतेका लागी काठमाडौ जडिबुटी देखि धुस्कोट सम्मका लागि बस रिजर्भ गरेर व्यवस्थापन गरेको बताएको छ ।

सम्मेलनका लागी स्टेज, साउण्ड सिस्टम ,३ गते गोले साझमा उपस्थित हुने टाढा टाढा बाट आउने आगन्तुक हरुलाई मेश व्यवस्थापन, र बसोबासको लागी धुस्कोटमा सम्पुर्ण तयारी भएको गोलेले बताएको छ । जेठ ४ गतेको कार्यक्रम कर्मडुप्ग्युलिङ गुम्बाको प्राङ्गणमा हुने बताएको छ ।

धुस्कोट, गोले तामाङ वंशको घना बस्ती रहेको पुरानो ऐतिहासिक, धार्मिक र पुरातात्त्विक रुपमा महत्व बोकेको गाउँ चिन्दै आएको छ ।

गोले पुर्खा म्हेमेहरुको सदियौँ वर्ष अघि निर्माण गरेका जीर्ण अवस्थामा रहेको यार्सा गुम्बा र फारपाङ गुम्बा रहेको छ । जुन दुई गुम्बा संरक्षण र पुनर्निर्माणको पर्खाइमा छ ।

३ जना गोले म्हेमेहरुले पानी खाने ३ वटा कुवा समेत अझै अवलोकन गर्न सकिन्छ । यसकारण पनि धुस्कोट गोलेहरुको पुरानो भुमि हो भन्ने प्रशस्तै प्रमाणहरु भेट्न सकिन्छ ।

बलेफी गाउँपालिका भित्रका धुस्कोट, डाँडागाउँ, गहते, बिञ्जेल, माँखा, चिम्लिङ लगायतका गोले दाजुभाईहरु नेपालभर र भारतबाट पाल्नुहुने सम्पुर्ण गोले दाजुभाईहरुलाई स्वागत एवं सत्कार गर्न तयारी अवस्थामा रहेको व्यवस्थापन संयोजक प्रीतम गोलेले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here