भक्तपुर – यातायात व्यावसायीहरुले विभिन्न माग राख्दै आज जेठ् १९ गते बिहान देखि सार्बजनिक यातायात अर्थात भाडाका गाडी बन्द गरेर देशभर आन्दोलनको कार्यक्रम तय गरेका छ्न ।
काठमाडौ उपत्यका लगायत देशभरका विभिन्न चोक चोकमा यात्रुहरु अलमलमा परेका छ्न , यातायात व्यावसायीको आन्दोलनको मौका छोप्दै विभिन्न अन्लाईन राइडर्सहरुले साबिक शुल्क भन्दा झन्डै डाबल शुल्क बढाएपछि यात्रुहरु झनै मारमा परेका छन ।
अफिस हिडेका यात्रुहरु चोक चोकमा अलमलमा परेका छन् । पैसा हुनेले महँगोनै भएपनी पठाओ,इन्ड्राइभ बुक गरेर गन्तव्य तिर लागे भने पैसा नभएकाहरु बिचल्ली भएका छन् ।