हिमालको काखैमा बसेको त्यो बस्ती,
हिजो राति बाढीले बगायो सारा सृष्टि।
छनभरमै सबथोक ढले, सास समेत हरायो,
रसुवाको मुटु चिरेर आँधी झैँ आयो।
घाम अस्ताउँदै गर्दा कालो बादल ठोक्कियो,
भिरका चिसा आँसुहरू खोलामा खसियो।
आमा कराउँछिन्, छोराछोरी हराए,
घरका पर्खाल र सपना सबै बगाए।
त्यो खोला जसले कहिल्यै दुख दिएन,
आज उस्तै राक्षस झैँ गाउँ नै लिइ गयो।
जहाँ मुस्कान थियो, अहिले आँसु छ,
जहाँ बालापन थियो, त्यहाँ मौन विषाद छ।
स्कूलका कापीहरू माटोमा हराए,
कसको दोष हो भनेर प्रश्नहरू उत्राए।
तर आज प्रश्नभन्दा ठूलो छ पीडा,
दशैं आउँदै छ, तर छत छैन टेकेर झुन्डिने दीडा।
कति थाल खाली छन्, कति चुलो निभे,
कति कथा अधुरा छन्, कति रुनमै थके।
रातभर खाल्डोमा टोलाएका नजर,
भोलिको बिहान के हो? साच्चै छैन उत्तर।
सरकारले सुन्यो, राहत आउने रे,
तर छातीमा मल्हम होइन, आकाशको ढुंगा झरे।
हामीलाई आशा छ, यति धेरै सहेर,
सिङ्गो देश उठ्नेछ फेरि, एउटै माटोले समेटेर।
रसुवा रोएको छ, त्यसको आवाज सुन,
हिमालको मुटुमा पनि दुख्ने हुन्छ घुन।
साथ देऊ है, हामी सबै नेपाली हौं,
आज रसुवा हो, भोलि सायद हामी पनि त हो।
बि.पि.पौडेल

