माईतिघर मण्डलामा जेन्जी युवाहरूको प्रदर्शन ‘पहिला निकास, अनि निर्वाचन’ नारासहित सरकारविरुद्ध आक्रोश

42
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"square_fit":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

काठमाडौं । आज माईतिघर मण्डलामा ‘जेन्जी’ (Gen Z) युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। ‘पहिला निकास, अनि निर्वाचन’ लेखिएको प्लेकार्ड बोकेर सडकमा उत्रिएका उनीहरूले वर्तमान सरकारले जेन्जी आन्दोलनको मर्मअनुसार काम नगरेको आरोप लगाएका छन्।
प्रदर्शनकारी युवाहरूले मुलुक गम्भीर राजनीतिक, आर्थिक र नैतिक संकटमा फसिरहेको भन्दै त्यसको स्पष्ट निकास बिना निर्वाचनको कुरा गर्नु जनतामाथिको धोका भएको दाबी गरे। उनीहरूले सत्तामा रहेका दलहरू पुरानै प्रवृत्तिमा अड्किएको र युवाको आवाजलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।
“जेन्जीको माग पूरा नभएसम्म चुनाव हुन दिइँदैन,” प्रदर्शनमा सहभागी एक युवाले भने, “पहिला देशलाई निकासतर्फ लैजानुपर्छ, त्यसपछि मात्र निर्वाचनको अर्थ रहन्छ।”
प्रदर्शनमा सहभागीहरूको संरचना हेर्दा राजावादी समूहहरूको उपस्थिति उल्लेख्य देखिएको थियो। राजसंस्था पुनःस्थापनाको पक्षमा नारा लगाउने तथा झण्डा बोकेका व्यक्तिहरूको संख्या बढी देखिएपछि प्रदर्शनको स्वरूप र उद्देश्यलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ।
यद्यपि, जेन्जी युवाहरूले आफूहरूको आन्दोलन कुनै एक दल वा विचारधाराको पक्षमा नभई व्यवस्थागत सुधार र राजनीतिक उत्तरदायित्वका लागि भएको स्पष्ट पारेका छन्। “यो युवाको विद्रोह हो, कसैको एजेन्डा बोकेर हिँडिएको होइन,” उनीहरूको भनाइ छ।
शान्तिपूर्ण रूपमा गरिएको प्रदर्शनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। कुनै अप्रिय घटना नभए पनि माईतिघर क्षेत्र केही समय अस्तव्यस्त बनेको थियो।
जेन्जी युवाहरूको यो प्रदर्शनले फेरि एकपटक मुलुकको राजनीतिक दिशामाथि गम्भीर प्रश्न उठाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here