
नेपाली गित संगीत क्षेत्रमा आस्मान लोप्चनको क्रेज बढ्न थालेका छन् नेपाली लोकदोहोरी तथा तामाङ सेलो जगतमा सक्रिय रहेका लोप्चनलाई पछिल्लो समय खान्दोके सेलो गायकको उपनामले पनि चिनिन्छ ।
बिशेषगरी सिन्धुपाल्चोक आसपासमा बढी गुन्जिने खान्दोके सेलो पछिल्लो समय देश तथा बिदेशमा पनि धेरैको रोजाइमा पर्न थालेका छन । लोप्चनले केहि बर्ष यता बिदेशमा पनि स्टेज कार्यक्रमहरुमा ठाउ पाउन थालेका छन् ।
कहिले बेलायत ,कहिले दुबई, हुदै विभिन्न देशमा उनले आफ्नो प्रस्तुति दिदै आएका छन् । लोप्चनले सोनाम ल्होछारको अवसर पारेर भर्खरै बजारमा खान्दोके सेलो “तामाङ पाराले” क्लिक नेपाल युटुब च्यानल बाट सार्बजनिक गरेका छ्न ।
भिडियोको डिरेक्सन पनि लोप्चन आफैले गरेका हुन, भिडियोमा तामाङको मौलिक विबहा संस्कारलाई देखाउन खोजेको बताएको छ ।
तामाङ पाराले खान्दोके सेलोमा गायक आस्मान लोप्चन र रोश्ना लुङ्बाको स्वरमा अर्पण स्टुडियोमा रेकर्ड गरिएको हो भने यस् गितको भिडियोमा डोल्मा ह्योल्मो,सुनिता लुङ्बा आस्नान लोप्चन , पृतम गोले तामाङ र ताबु ग्याबाको अभिनय रहेको छन भने अतिथि कालाकारहरुमा मिलन थिङ पाराङ र मन्सु लामा रहेका छन ।
