गोले बंशले ल्होछारको अवसरमा स्वाँगे दाजुभाइहरु संग शुभकामना आदानप्रदान यसरी गरे

235
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

२८६२औ ताक ल्हो “साेनाम ल्हाेछारकाे अवसरमा गोले तामाङ बंश उत्थान समाजले काठमाडौको बौद्ध स्थित दिपज्योती ब्याङ्केटमा पुष २७ गते बंश तथा स्वाँगे दाजुभाइ तथा दिदीबहिनीहरुको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन ।

गोले तामाङ बंश उत्थान समाजको अध्यक्ष मिन प्रसाद गोलेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिमा अधिवक्ता शम्भु गोले
विशेष अतिथि पूर्व खेलकुद मत्री दावा गोले र ,पुर्व मत्री मनि लामा रहेका थिए

अतिथिहरुमा बागमती प्रदेशका पुर्व माननीय हिमाली गोले जय प्रसाद गोले हरी बहादुर बल भिम बहादुर गोले सिता गोले प्रबिन बल विनय दोङ रहेका थिए । कार्यक्रममा स्वाँगे दाजुभाइ तथा दिदिबहिनीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा गायक तथा सञ्चारकर्मी प्रीतम गोले तामाङले स्वाँगे दाजुभाइ तथ दिदिबहिनीहरुलाई स्वागत गित बाट स्वागत गर्दै डम्फूको तालमा सबैलाई नचाएका थिए ।

कार्यक्रममा गोले तामाङ बंश उत्थानका समाजका केन्द्रिय अध्यक्ष मीन गाेले ज्यूले आफ्नाे तर्फबाट रू एघार लाख रूपैया सहयाेगकाे प्रतिवद्वता सहित गाेले साँस्कृतिक भवन निर्माण काेषकाे शुभारम्भ गर्नु भएकाे छ ।

यस काेषमा स्वदेश तथा विदेशमा रहनुहुने गाेले दाजुभाई दिदीबहिनीहरू, स्वाँगे दाजुभाई तथा कुटुम्बेली ईष्टमित्रहरू, विभिन्न सामाजिक संघ संस्थाहरू, तीनवटै तहका सरकारहरू र अन्य शुभेच्छुक र सहयाेगी मनहरूकाे साथ सहयाेग जुटाएर यस ऐतिहासिक कदमलाई पूरा गरिने बंश समाजले प्रतिवद्वता जाहेर गरेकाे थिए ।

यस अघि बंश समाजले करीब १३ लाख रूपैया बरावरकाे गाेले कल्याणकारी अक्षय काेषकाे स्थापना गरिसकेकाे छ भने गाेले बंशकाे पहिचान झल्किने साँस्कृतिक सम्पदाहरूकाे संरक्षण कार्यमा पनि सहयाेग र सहकार्य गरिरहेकाे छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here