श्रम संस्कृति पार्टीको उमेदवार सडक छेउमा त्रीपाल टागेर यसरी सुते

171
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":219},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false,"used_sources":{"version":1,"sources":[{"id":"309256502089211","type":"ugc"}]}}

८ शुक्रबार २०८२

सिन्धुपाल्चोक – श्रम संस्कृति पार्टी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उमेदवार फुर्वा तामाङको समुह दिनभर घरदैलोमा सहभागी भएर साझा परेपछि  मुडे बजार क्षेत्रको सडक छेउमा  त्रिपाल टागेर यसरी सुतेका छन् ।

फागुन ११ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उमेदवार फुर्वा तामाङ यतिबेला आफ्नो क्षेत्रको विभिन्न भुभागमा घरदैलोको कार्याक्रम लिएर गाउँगाउँ पुग्ने क्रममा शुक्रवार दिनभरि मुडे बजार आसपासमा चुनावी घरदैलो गरेर झमक साझा परेपछि सडक छेउमा त्रीपाल टागेर सुतेका छन ।

परम्परागत ठूला सभा, जुलुस र नाराभन्दा अलग भएर पार्टीले जनतामाझ प्रत्यक्ष पुग्ने, सुन्ने र संवाद गर्ने अभ्यासलाई प्राथमिकमा राख्दै कार्यक्रम अगाडी बढएको बताएको छ ।

बजार क्षेत्रमै साधारण ढंगले बसेर गरिएको कार्यक्रमले स्थानीय बासिन्दाको ध्यान आकर्षित गरेको छ । कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार फुर्पा तामाङ, जिल्ला अध्यक्ष आकाश गुरुङ तथा केन्द्रीय सदस्य बि.पि. पौडेललगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

कार्यक्रमका क्रममा नेताहरूले स्थानीय व्यापारी, यातायात व्यवसायी, किसान, युवा तथा महिला समूहका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गरेका थिए। रोजगारीका अवसर अभाव, युवाहरूको बढ्दो वैदेशिक पलायन, सडक र पूर्वाधार विकास, कृषि उत्पादनको बजार व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवाको पहुँचजस्ता विषयहरू उठाइएको स्रोतले बताएको छ ।

स्थानीयहरूले दैनिक जीवनमा भोगिरहेका समस्या, सरकारी सेवाप्रतिको असन्तुष्टि र विकास योजनाको कार्यान्वयनमा देखिएको ढिलाइबारे आफ्ना धारणा राखेका थिए।

उम्मेदवार फुर्पा तामाङले श्रमको सम्मान, स्थानीय स्रोत–साधनको सदुपयोग र उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले निर्वाचन केवल मत माग्ने प्रक्रिया मात्र नभई जनताको आवाज सुन्ने अवसर पनि भएको बताए। जिल्ला अध्यक्ष आकाश गुरुङले संगठनलाई जनस्तरसम्म मजबुत बनाउँदै व्यवहारिक राजनीतिमा जोड दिने धारणा राखे।

केन्द्रीय सदस्य बि.पि. पौडेलले श्रम, सीप र स्वावलम्बनको आधारमा विकासको मोडेल अघि सार्ने विषयमा जोड दिएका थिए। स्थानीय बासिन्दाहरूका अनुसार बजारमै बसेर गरिएको खुला संवादले नेताहरूलाई नजिकबाट भेट्ने र आफ्ना कुरा राख्ने सहज वातावरण बनाएको छ।

केहीले यस्तो शैलीले चुनावी प्रचारलाई सरल र प्रत्यक्ष बनाएको टिप्पणी गरेका छन्। पार्टीका अनुसार यो अभियान मुडे बजारबाट सुरु भए पनि आगामी दिनमा सिन्धुपाल्चोकका अन्य गाउँ–बस्ती र बजार क्षेत्रमा समेत विस्तार गरिनेछ।

घरदैलो र प्रत्यक्ष जनसंवादलाई निरन्तरता दिँदै स्थानीय मुद्दालाई प्राथमिकतामा राख्ने रणनीति बनाइएको जनाइएको छ। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको अवस्थामा नयाँ ढंगले गरिएको यस्तो कार्यक्रमले जिल्लाको राजनीतिक गतिविधिमा थप चासो र चर्च हुन थालेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here